रुकुम पश्चिमका सबै पालिकामा रास्वपाको भेला तथा अधिवेशन सम्पन्न
रुकुम पश्चिमका सबै पालिकामा रास्वपाको भेला तथा अधिवेशन सम्पन्न
रुकुम पश्चिम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुकुम पश्चिमका सबै पालिकामा भेला तथा अधिवेशन सम्पन्न गरेको छ । जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिका गरी जम्मा ६ वटा पालिकामा कार्यक्रम सम्पन्न गर्दै पदाधिकारी तथा सदस्यहरु निर्वाचित गरिएको हो ।
रास्वपाका जिल्ला सभापति मानबहादुर शाहीका अनुसार विधान अनुसार नगरपालिकामा १३ र गाउँपालिकामा ११ सदस्सिय कमिटी निर्माण गरिएको छ । यस अनुसार गत साउन २६ देखी ३१ गतेसम्म लगातार आयोजना गरिएका भेला तथा अधिवेशनबाट बाँफिकोट गाउँपालिकामा बालकृष्ण गौतम, त्रिवेणी गाउँपालिकामा गणेश बहादुर खत्री, चौरजहारी नगरपालिकामा प्रजित बुढाथोकी, आठविसकोट नगरपालिकामा सरोज केसी, सानीभेरी गाउँपालिकामा मदन ओली र मुसिकोट नगरपालिकामा पदमबहादुर ददेलको नेतृत्वमा पालिका स्तरिय कमिटी गठन गरिएको जानकारी सभापती शाहीले दिए ।
पालिका स्तरका कमिटी निर्माणको काम सम्पन्न भएसंगै अब वडा स्तरिय संगठन विस्तार गर्ने र साथसाथै बिभिन्न प्रशिक्षणका कार्यक्रमहरु पनि अघि बढाउने योजना रहेको पनि सभापती शाहीको भनाई छ ।

https://shorturl.fm/8c8nh
https://shorturl.fm/K0j45
https://shorturl.fm/sZlrC
Had a bit of trouble at first but the support team helped me get sorted quickly. Very professional service at gl777login