सिस्ने गाउँपालिकाको विद्यालय अनुगमन

सिस्ने गाउँपालिकाको विद्यालय अनुगमन

"0" Comments

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ स्थित नवज्योति मावि बल्लेचौरमा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख मंगल शिंह बुढा, १ नम्बर वडा अध्यक्ष रज बहादुर बुढा लगायतको उपस्थितिमा विद्यालय अनुगमन तथा भेटघाट कार्यक्रम गरिएको हो ।

उक्त विद्यालय अनुगमन तथा भेटघाट कार्यक्रममा विद्यालयको समग्र भौतिक तथा प्राविधिक समस्याको बारेमा छलफल गरिएको छ । नवज्योति मावि बल्लेचौरका प्रधानाध्यापक घनशिङ केसीले विद्यालयमा फिल्डको अभाव थप विद्यालय भवनको अभाव शिक्षक दरबन्दीको अभाव तथा विद्यालयको समग्र समस्याहरु राख्नुभएको थियो ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले उक्त विद्यालयको समस्याहरुलाई प्राथमिकताको आधारमा गाउँपालिका बाट हुन सक्ने बजेट गाउँपालिका र प्रदेश तथा संघ बाट हुन सक्ने बजेट संघ तथा प्रदेश बाट गाउँपालिकाले पहल गर्ने बताउनुभएको छ ।

त्यस्तै उक्त टिमले सिस्ने स्वास्थ चौकी सिस्ने १ मा पनि अनुगमन तथा भेटघाट गरेको छ । त्यहा पनि विभिन्न समस्याहरु बर्थिङ सेन्टर, स्वास्थ्यकर्मीहरुको अभाव जस्ता समस्याहरु रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *