रुपन्देही उद्योग संघको अध्यक्षमा सापकोटा सर्वसम्मत
रुपन्देही उद्योग संघको अध्यक्षमा सापकोटा सर्वसम्मत
रुपन्देही उद्योग संघको अध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेस निकट उद्योगीहरुको संयुुक्त प्यानलबाट दिलिप सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
संघको २३ औं अधिवेशन अन्तर्गत शनिबार मनोनयन दर्ता गराउने क्रममा उनको मात्र उम्मेदवारी परेपछि एमाले निकट सापकोटा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सापकोटा सहित पदाधिकारी र सदस्य गरी १४ जना निर्विरोध निर्वाचित भएका छन् ।