एकढिक्का भै जिल्लाका समस्याहरुको रचनात्मक समाधान गरौ : एमाले जिल्ला अध्यक्ष गौतम
एकढिक्का भै जिल्लाका समस्याहरुको रचनात्मक समाधान गरौ : एमाले जिल्ला अध्यक्ष गौतम
रुकुम । नेकपा एमाले रुकुम पूर्वका जिल्ला अध्यक्ष लिलामणि गौतमले एकढिक्का भई रुकुम पूर्वले झेलिरहेका समस्याहरुको रचनात्मक समाधान गर्नु पर्ने बताएका छन् । आज संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
कान्छो जिल्लाको रुपमा संविधानद्वारा निर्मित रुकुम पूर्वमा थुप्रै अवसर र संभावना रहेको र संविधानको मर्म अनुरुप संघीयता कार्यान्वयनमा जिल्ला बासी सामु रहेका विविद्य चुनौतीहरुलाई चिर्दै हाम्रा संभावनालाई अवसरमा रुपान्तरण गर्नु पर्ने उनको भनाई छ ।
‘जन निर्वाचित प्रतिनिधीहरुले बनाएको, जनताको नजिक सरकारको महसुस हुने मात्रै नभई जनताको सुख दुखमा साथ दिन सक्ने गरि राज्य शक्तिको व्यवस्थापन गरिएको संघीय संरचना सहितको पहिलो तर विकासक्रमका आधारमा भने ७ औं संविधान हाम्रो देशले पाएको, नवौँ वार्षिकोत्सवको अवसरमा रुकुमपूर्व जिल्लाका सम्पूर्ण नागरिक तथा समग्र नेपालीलाई संविधान दिवसको अवसरमा म हार्दिक शुभकामना व्यक्त गर्दछु ।’, अध्यक्षले दिनुभएको शुभकामना सन्देशमा भनिएको छ ।
‘विविधताको सम्मान, संरक्षण र संवर्द्धन गर्दै बनेको नेपालको संविधानले जिल्लाबासीलाई एकतामा आबद्ध भईरहन प्रेरणा दिन, सम्पूर्ण एकढिक्का भई हाम्रो रुकुम पूर्वले झेलिरहेका समस्याहरुको रचनात्मक समाधानमा पुग्न सामर्थ मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु ।’, उनले भनेका छन् ।